Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अविरल वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध - Brighter Khabar


असार २२, गएरातिदेखि परेको अविरल वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।


यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।


सडकमा खसेको पहिरोको कारण दुवै सडक खण्ड शनिवार बिहानैदेखि अवरुद्ध बनेका हुन् । सडक अवरुद्ध भएसङ्गै पहाड र तराईको यात्रामा निस्केका सवारी र यात्रु बाटोमै रोकिएका छन् ।


अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ ।


त्यस्तै स्याङ्जाको सिद्धार्थ राजमार्गको छाङ्छाङ्दीमा गएको पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्।


वर्षाका कारण सिद्धार्थ राजमार्गको वालिङ गल्याङ सडक खण्ड र बयरघारी वालिङ  सडक खण्ड अवरुद्ध भएको स्याङ्जा प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom