Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बेलुका खाना खाएर सँगै कोठामा गएका श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या - Brighter khabar


साउन १४ गते । दाङमा श्रीमानले फलामको रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका–१ रसरी खोला निवासी ३८ वर्षीय गणेश घर्तीले फलामको रड प्रहार गरी ३७ वर्षीया श्रीमती वसन्ती घर्तीको हत्या गरेका हुन् ।


श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले गणेशलाई घटनास्थलबाट नियन्त्रणमा लिएको हो  ।


आइतबार राती खाना खाएर दुबै जना कोठामा सुत्न गएका थिए  । तर बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


प्रहरीले घरको ढोका खोलेर हेर्दा फलामको रडले टाउकोमा प्रहार गरी श्रीमती हत्या गरेको अवस्थामा सोही कोठाबाट गणेशलाई रडसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।


मदिरा सेवन गरेर श्रीमान–श्रीमतीको बिचमा यस अघि पनि झगडा हुने गरेको स्थानीयको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom