Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिसुलीले बगाएका ६५ यात्रु मध्ये छ जनाको शव फेला - Brighter khabar


असार ३१ गते । सिमलताल घटनामा बेपत्ता भएका यात्रुमध्ये आइतबार छ जनाको शव भेटिएको छ । चितवनको मेघौली गोलाघाटमा एक, चितवन सिसवारमा एक, नवलपरासी गैँडाकोटमा एक र नवलपरासी त्रिवेणी अवस्थित त्रिवेणी ब्यारेजनजिकै दुई जना र सुस्तामा एक गरी छ जनाको शव भेटिएको हो । शनिबार तीन जनाको शव भेटिएको थियो । 


आइतबार नारायणी नदी किनारमा फेला परेका तीन वटामध्ये दुई र सिसवार र त्रिवेणीमा भेटिएका दुई गरी तीनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ बस्ने वर्ष ४० को सजाद अन्सारी र रौतहटका प्रकाश ठाकुरको शव पहिचान भएको छ । उनीहरूसँग भेटिएको परिचयपत्रका आधारमा सनाखत भएको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । 


प्रकाशको गैँडाकोटमा र सजातको मेघौली गोलाघाटमा शव भेटिएको हो । यस्तै चितवन माडीका २२ वर्षीय विकास परियार, सर्लाही वरहथवाका १९ वर्षीय रमित कुसर माझी र भारत विहार सीतामणी निवासी २८ वर्षीय ऋषि पालको शनिबार शव भेटिएको छ ।  सनाखत हुन नसकेका तिनै शव पुरुषका हुन् । उनीहरूको हुलियाका आधारमा आफन्तहरूबाट सनाखत गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 


यसैबिच हराइरहेका दुई वटा बसको खोजी गर्न चीन र भारतबाट विशेष उपकरण ल्याइने गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभएको छ । भारत र चीनबाट विशेष उपकरण ल्याउने प्रक्रिया सुरु भएको छ । 


खोज तथा उद्धार कार्यको अनुगमन गर्न घटनास्थल आउनुभएका गृह मन्त्रालयका सचिव अर्यालले सम्बन्धित देशको दूतावासमा सरकारले उपकरण मगाउन पत्राचार गरिसकेको र सहयोग गर्न चीन र भारत सरकारका राजदूतावास सकारात्मक रहेको बताउनुभयो । उहाँले अहिले भेटिएका शव पहिचान र मृतकका परिवारलाई राहत दिन आफूहरूको पहिलो प्राथमिकता रहेको पनि बताउनुभयो । भरतपुर महानगरपालिका–२९, सिमलतालबाट शुव्रmबार बिहानदेखि ६५ जना यात्रु बोकेका दुई वटा बस त्रिशूली नदीमा बेपत्ता छन् । 


दुवै बसमा यात्रा गरेका ६५ जना यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भए भने आठ जनाको शव भेटिएको छ । अहिले नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त टोली बनाएर खोजी कार्य जारी राखेका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom