Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मलद्वारमा लुकाएर सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके पक्राउ - Brighter Khabar


असार ३१, मलद्वारमा लुकाएर सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके काभ्रे महाभारत गाउँपालिका गोकुल घर भएका विकास योञ्जन पक्राउ परेका छन् ।

 १० महिनापछि प्रहरी परिसर काठमाडौँको विशेष टोलीले उनलाई काठमाडौँको चुच्चेपाटीबाट  पक्राउ गरेको हो ।  

नेपालका विभिन्न जिल्ला तथा स्थानमा अर्ध भूमिगत भई बसेका उनले नेताहरुकै कारण आफू फसेको बताउने गरेका छन्  ।

सुन तस्करी गरी ल्याउने गरेका उनले बनेपाका विभिन्न स्थानमा भूमिगत शैलीमा सुनलाई पगालेर विक्री गर्ने गरेका थिए । सुन ल्याउन र सुनको तस्करीमा लगानीका लागि विकासले नेताहरुको साथ र सहयोग लिएका थिए ।

विशेष सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले विमानस्थल बाहिरबाट मलद्वारमा लुकाइ ल्याएको सुन बरामद  गरेको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom