Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा ३ जना घाइते, एकको अवस्था गम्भीर - Brighter khabar


साउन ७, चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट काठमाडाँैतर्फ जादैँ गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ-मुग्लिन खण्डअन्तर्गत इच्छाकामना-६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन् ।


घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका–८ बस्ने ३६ वर्षीय को धनश्याम न्यौपानेको अवस्था गम्भीर छ ।


बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको बताउँदै प्रवक्ता रिजालले माइक्रो चालक चितवनको माडी नगरपालिका-१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उक्त माइक्रोमा १७ यात्री सवार थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom