Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पूर्व गृहमन्त्री गोविन्दराज जोशी सर्वोच्चबाट पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर - Brighter khabar


साउन १३, पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको फैसला सुनाएको छ ।

आइतबार न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीले विशेष अदालतलको फैसला विरुद्ध दिएको  पुनरावेदन जिकिर नपुग्ने ठहर गर्दै भ्रष्ट्राचार मुद्दामा दोषी ठहर गरेको हो ।


विशेष अदालतको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए  ।


पूर्व गृहमन्त्री जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो । सर्वोच्चले भने ६९ लाख १५ हजार जरिवाना ९ महिना कैद फैसाला सुनाएको छ ।


त्यसैगरी इजलासले गैर कानुनी सम्पत्ति आर्जनमा  ताराराज पाण्डे र बासुदेव पन्तलाई भने सफाई दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom