Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिशूलीमा बेपत्ता भएका मध्ये एक जनाको शव भेटियो - Brighter Khabar


असार २९ गते । भरतपुर महानगर पालिका वडा नम्बर २९ सिमलतालबाट यात्रुसहित दुई वटा बस बेपत्ता भएको दोस्रो दिन पश्चिम चितवनको मेघौलीको गोलाघाटमा एउटा शव भेटिएको छ । 


दुर्घटना स्थल सिमलताल भन्दा करिब ५० किलोमिटर पश्चिममा पर्ने गोलाघाट नारायणी नदी किनारमा सो शव भेटिएको हो । 


जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार  नदी किनारमा भेटिएको शवको सनाखत हुन बाँकी रहेको छ । 


गोलाघाटमा भेटिएको शव घोप्टो अवस्थामा बालुवामा आधा पुरिएको अवस्थामा भेटिएको हो । अहिले घटना स्थल मुचुल्का उठाएर शव भरतपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom