Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा १६ को गर्लाङ होमस्टेमा हाइकर्स क्लब - Brighter khabar


पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेको हाइकिङका माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यले हाइकर्स क्लब नेपालको ४९ औँ शृङ्खलाको हाइकिङ सम्पन्न भएको छ  ।


हाइकर्सको समूहलाई स्वागत गर्दै पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यले आफ्नो वडामा पर्यटकीय क्षेत्रहरू धेरै भएको तर केही मात्र प्रख्यात रहेकोमा गर्लाङ सामुदायिक होमस्टेको प्रचारप्रसार हुन नसकेको अवस्थामा हाइकर्स क्लबले हाइकिङ कार्यक्रम गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गरे  ।


स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मूल नाराका साथ हरेक महिनाको अन्तिम शनिवार हाइकिङ कार्यक्रम गर्दै  आएकोमा पोखराबाट नजिक रहेर पनि प्रचारप्रसार नभएको होमस्टेको प्रचार गर्नको लागि गर्लाङ सामुदायिक होमस्टेलाई छनोट गरिएको क्लबका उपाध्यक्ष तथा हाइकिङ भाग ४९ का संयोजक ज्योति हमालले बताइन  ।


सो अवसरमा क्लबका कोषाध्यक्ष टीका आचार्यले हाइकर्स क्लब नेपालले सदस्यता वृद्धि अभियान थालेको बताउँदै साधारण सदस्यको लागि ५ सय र आजीवन सदस्यको लागि ३ हजार लाग्ने विधानमा उल्लेख गरिएको बताउँदै हाइकिङमा सहभागी हुनको लागि भने सदस्य नभएकाले पनि पाउने बताए । साथै उनले क्लबको कुनै पनि सदस्यता नलिएका सहभागीहरूले अतिरिक्त ५० रुपैयाँ थप बुझाउनु पर्ने क्लबको बैठकले निर्णय गरेको बताइन ।


विगत ६ वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको हाइकिङमा हाल सम्म१० वर्ष देखि ७६ वर्षसम्म उमेरका विभिन्न पेसा व्यवसायमा आबद्ध, गृहिणी तथा विदेशी नागरिक समेत हजारौँ जनाको सहभागिता भएको रेडियो सफलताका स्टेसन म्यानेजर एवं क्लबका सचिव मधु अधिकारीले बताए ।


सो अवसरमा ७६ वर्षीय नेपाल प्रहरीका पूर्व सब इन्स्पेक्टर यामबहादुर रानाभाट, पर्यटन व्यवसायी विष्णु गुरुङ एकता, अधिवक्ता शिव रेग्मी, खोज मिडिया अध्यक्ष गणेश वज्र लामा, ट्रेकिङ गाइड निरमाया राना, शिक्षक सरिता हमाल, गायिका दिलकुमारी खाँण, नेपाल पत्रकार महासङ्घ कास्कीकी कार्यालय सचिव प्रमिसा सिलवाल, पुस्तक व्यवसायी कृष्ण प्रसाद तिम्सिना, होटेल व्यवसायी ओम भण्डारी, विद्यार्थी वर्षा रानाभाट, समाजसेवीहरू राजेन्द्र रानाभाट, नरबहादुर थापा, हर्क गुरुङ, सितला थापा, जीवन श्रेष्ठ, जुना गुरुङ, पत्रकारहरू घनश्याम पौडेल र नवीन क्षेत्री, शर्मिला रानाभाट, आरती रानाभाट, राम कायस्थ, राजु थापा, जोसेफ ढुङ्गेल लगायतको सहभागिता रहेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।

Top Post Ad

post bottom ads

Ads Bottom