Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल छाडा गोरुसँग ठोक्किँदा एक जनाको ज्यान गयो अर्का एक जना गम्भीर घाइते - Brighter khabar


असार २९ गते । गोदावरी नगरपालिका–५ गेटाको माछापालन गेटनजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 


अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ३३३७ नम्बरको मोटरसाइकल छाडा गोरुसँग ठोक्किँदा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका ३५ वर्षीय भीमबहादुर पुन गम्भीर घाइते हुनुभएको थियो । 


उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा पुनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ । मोटर साइकलसँग ठोक्किएको गोरुको पनि घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom