Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हुण्डीको कारोबार गर्ने चार जना २४ लाख रुपियाँ नगदसहित नियन्त्रणमा - Brighter Khabar


असार २९ गते । अवैध रूपमा हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले २४ लाख रुपियाँ नगदसहित नियन्त्रणमा लिएको छ । 


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीका अनुसार  नेपालगन्ज उपमहानगरपालिका १२ बाट नगद र हुण्डीमा संलग्न हरहिसाबसहित चार जनालाई नियन्त्रणमा लिइएको हो । 


प्रहरीले त्यस क्रममा हरहिसाब राखेको कपी थान १, सानो नोट बुक थान १, विभिन्न व्यक्तिको नाममा विभिन्न बैङ्कमा पैसा जम्मा गरेको भौचरसहित हुण्डी कारोबारमा संलग्न नेपालगन्ज १८ का राजेश भुजूँ श्रेष्ठ, नेपालगन्ज ३ का सोयब कादरी हलवाई, कोहलपुर ७ का निमबहादुर बोहरा र कञ्चनपुर भीमदत्त नगरपालिका –७ घर भई नेपालगन्ज –३ मा बस्दैआएका राहुल देवललाई पक्राउ गरेको हो  ।


नेपालगन्ज –१२ बेलासपुरमा हुण्डी कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले कारबाही गर्दा २४ लाख ६२ हजार ३१५ रुपियाँ नगद र हुण्डी कारोबारको हिसाब राखेको कपी र नोटबुकसहित पक्राउ गरेको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom