Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाबाट एसइई परीक्षामा १० विद्यालयको नतिजा शून्य (पुरा विवरण) - Brighter khabar


 स्याङ्जा , 

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्याङ्जा जिल्लाबाट सामुदायिक तथा संस्थागत गरी १६९ विद्यालयका ४ हजार ७२ जनाले एसइई परीक्षा दिँदा ४ हजार ७२ विद्यार्थी मध्ये १ हजार ७ सय २२ जना विद्यार्थी एसइईमा उत्तीर्ण भएका छन्  ।

त्यस्तै जिल्लाका ८ पालिकाका १० विद्यालयहरूका कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेका छैनन् । शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका अनुसार नजिता शून्य ल्याउने सबै सामुदायिक विद्यालय हुन् । शून्य नजिता ल्याउने १० विद्यालयबाट १ सय ४२ विद्यार्थीले एसइई दिएका थिए ।

वालिङ नगरपालिकाको भुम्रे मा.वि., पुतलीबजार नगरपालिकाको नुवाहाकोट मा.वि.-श्रवणकुमार मा.वि.-शारदा मा.वि, गल्याङ नगरपालिकाको पेलाकोट मा.वि., चापाकोट नगरपालिकाको जनजागृति मा.वि., भीरकोट नगरपालिकाको शिरुखर्क जोगिस्थान मा.वि., अर्जुनचौपारी गाउँपालिकाको अमरज्योति मा.वि., बिरुवा गाउँपालिकाको जामुनेडाँडा मा.वि. र आँधीखोला गाउँपालिकाको सेपत शिरानचौर मा.वि.को एसइई परीक्षामा शून्य नतिजा आएको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाले जनाएको छ । 

एन जी ल्याएका अर्थात् अनुत्तीर्ण  भएका ती विद्यार्थीले साउन २३ गते देखी ३१ गते सम्म सञ्चालन हुने पूरक परीक्षामा सहभागी हुन पाउने छन् ।

पछिल्लो समय एसइईको परीक्षामा लिखित तर्फ ३५ प्रतिशत अङ्क अनिवार्य ल्याउनुपर्ने प्रावधान छ ।

Top Post Ad

post bottom ads

Ads Bottom