Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराको विन्ध्यवासिनी सहकारी ठगी प्रकरणमा फरार रहेका दुई जना पक्राउ - Brighter khabar


असार २५, पोखरा  । 
विन्ध्यवासिनी सहकारी ठगी सम्बन्धी मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोड स्थित सञ्चालनमा रहेको श्री विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी साहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसुरमा संलग्न रही हालसम्म फरार रहेका दुई जनालाई प्रहरीले पक्राऊ गरेको हो ।

सहकारी संस्थाका पूर्व सञ्चालक समितिका सचिव पोखरा म.न.पा. वडा नं. १७ बिरौटा बस्ने वर्ष ४६ का किरण कपाली र सोही संस्थाका पूर्व लेखा समिति संयोजक पोखरा  १७ बिरौटा बस्ने वर्ष ४५ का बुद्धि सागर ढकाललाई मङ्गलवार  प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom