Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जना पक्राउ - Brighter Khabar


साउन ८ गते । महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन्  । 

सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा काठमाडौँको माइतीघरमा रहेको लिङ्कन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 


सोधपुछ गर्ने क्रममा चौधरीले सर्वोच्च अदालत सुरक्षा एकाइमा कार्यरत महिला प्रहरी कर्मचारीमाथि हातपातका साथै अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई आवश्यक कारबाहीका लागि प्रहरीवृत्त सिंहदरबारमा लगेर  अनुसन्धान थालिएको समेत थालिएको छ ।


सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदन फैसलाको नक्कल लिने विषयमा भनाभन भएपछि उक्त घटना घटेको थियो  ।

Top Post Ad

post bottom ads

Ads Bottom