Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीमा मनसुन जन्य विपदमा परेर हालसम्म १४ जनाले ज्यान गुमाए, ६ घाइते, १४ वटा घरमा पूर्ण क्षति - Brighter khabar


साउन ११ गते । कास्की जिल्लामा हालसम्म मनसुन जन्य विपदमा परेर १४ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिकामा १२ र मादी गाउँपालिकामा दुई जनाले ज्यान गुमाएका हुन् । 

त्यस्तै जिल्लामा विपद्बाट अन्दाजी चार करोड आठ लाख ८१ हजारभन्दा बढीको सम्पत्तिमा क्षति भएको प्रहरीले जनाएको छ ।  

पोखरा -३२ चैनपुरस्थित बाह्विसेमा  ४० वर्षीय आरती ओझाको घर असार २७ गतेको पहिरोमा पुरिदा १८ वर्षीय अनिता ओझा, ११ वर्षीय अनुष्का ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको थियो । यसै गरी असार २७ गते राति मादी गाउँपालिका-११ थाप्लेमा गएको पहिरामा परेर ८० वर्षीय माइतीकुमारी गुरुङको ज्यान गएको थियो । गत असार २६ गते पोखरा महानगरपालिका-२७ का २२ वर्षीय भीमबहादुर थापाको घरमै सुतेको अवस्थामा पहिरामा परेर निधन भएको थियो । त्यसै गरी पोखरा -१९ पुरन्चौर तल्लाकोटमा गत असार २७ गतेको पहिरोमा परी स्थानीय कुलबहादुर परियारको परिवारका छ सहित सात जनाको ज्यान गएको थियो । 

त्यस्तै  कुलबहादुरसहित उनकी  आमा ८५ वर्षीय लक्षिमा, पत्नी ४३ वर्षीय मनकुमारी, छोरी १५ वर्षीय प्रशना, २० वर्षीय प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी ५६ वर्षीय राधिका परियारको पहिरोमा परेर  मृत्यु भएको थियो ।

मादी गाउँपालिका-५ चितेपानीमा असार १२ गते रातिको घटनामा १३ वर्षीय आयुस्मा रानाभाटको ज्यान गएको थियो  । सोही दिनको घटनामा पोखरा महानगरपालिका-२७ आरुपाटाका ३१ वर्षीय हरि सुनारका छोरा तीन वर्षीय अनमोल सुनारको पहिरामा परेर ज्यान गएको थियो । 

त्यसै गरी हालसम्म जिल्लामा १४ वटा घरमा पूर्ण क्षति पुगेको  र नौ वटामा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ  छ ।

प्रहरीका अनुसार यसबिचमा जिल्लामा बाढी पहिराका ३३ र अविरल वर्षाका ६१ वटा घटना घटेका हुन्।

Top Post Ad

post bottom ads

Ads Bottom