Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नामलाई लिएर सामाजिक सञ्जालमा अपव्याख्या भएको गजेडी माविद्वारा आपत्ति , कानुनी कारबाहीमा जाने चेतावनी - Brighter Khabar


कन्चन २ रुपन्देहीमा रहेको गजेडी माध्यमिक विद्यालयले सामाजिक सञ्जालमा विद्यालयको नामलाई लिएर अपव्याख्या भएको सामाग्री प्रति ध्यानाकर्षण भएको जनाएको छ । 

विद्यालयको नामलाई लिएर नकारात्मक टिप्पणी गर्दै भाइरल हुने काम गरेको भन्दै विद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । 

''वास्तविक र ऐतिहासिक तथ्यहरूलाई नबुझी आफ्नो अयोग्यतालाई प्रदर्शन गर्दै यस विद्यालयको नाममा आधारित भई सामाजिक सञ्जालमा विभिन्न व्यक्ति र फेसबुक पेजहरूले भ्रामक, कपोकल्पित तथा अनर्गल प्रचार गरी विद्यालयको ऐतिहासिक छविमा प्रहार अनि बदनाम गर्न खोजिएको विषयप्रति सि‌ङ्गो विद्यालय परिवार घोर भर्त्सना गर्दछ ।'' विद्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै विद्यालयले अब उपरान्त कहीँ कतैबाट कोही कसैले यस प्रकारका आपत्तिजनक क्रियाकलाप गरेमा विद्यालय प्रशासन साइबर कानुन अनुसार कारबाही गर्नका लागि सम्बन्धित निकायमा जना बाध्य हुने विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ : 

''नेपाली शब्दकोशका अनुसार 'गज' को अर्थ 'हात्ती' भन्ने हुन्छ । यसरी 'गज' आधार पदमा 'डी' जोडिएर गजेडी शब्दको व्युत्पादन भएको मानिन्छ । स्थानीय थारु भाषामा 'गजेडी' को शाब्दिक अर्थ 'हात्तीको वासस्थान' भन्ने बुझिन्छ । यहाँका शिक्षा प्रेमी र बुद्धिजीवीका अनुसार साबिक गजेडी गाउँबाट गजेडी स्कुलको नामकरण भई सोहीअनुसार गजेडी गाउँ पञ्चायत र बहुदलपछि गजेडी गा. वि. स. रहन गएको हो। यी र यस्ता वास्तविक र ऐतिहासिक तथ्यहरूलाई नबुझी आफ्नो अयोग्यतालाई प्रदर्शन गर्दै यस विद्यालयको नाममा आधारित भई सामाजिक सञ्जालमा विभिन्न व्यक्ति र फेसबुक पेजहरूले भ्रामक, कपोकल्पित तथा अनर्गल प्रचार गरी विद्यालयको ऐतिहासिक छविमा प्रहार अनि बदनाम गर्न खोजिएको विषयप्रति सि‌ङ्गो विद्यालय परिवार घोर भर्त्सना गर्दछ । आज उपरान्त कहीँ कतैबाट कोही कसैले यस प्रकारका आपत्तिजनक क्रियाकलाप गरेमा विद्यालय प्रशासन साइबर कानुन अनुसार कारबाही गर्नका लागि सम्बन्धित निकायमा जाने निर्णय गरेको समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।''

Top Post Ad

post bottom ads

Ads Bottom