Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई परिवारबिचको झगडा मिलाउन गएका वडाध्यक्ष नै घाइते भएपछी अस्पताल भर्ना - Brighter khabar

फोटो : गोरखापत्र 


असार २६ गते । झापाका कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष नुर आलम स्थानीयको झगडा मिलाउने क्रममा घाइते हुनुभएको छ ।


गाउँमा विवाद मिलाउनेक्रममा कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष आलम र छिमेकी रैमु मियाको परिवारबिच झगडा परेको थियो । दुई परिवारबिचको कुटाकुटमा वडाध्यक्ष आलम र उहाँका श्रीमतीसहित पाँचजना घाइते भएका छन्  ।


वडाध्यक्ष नुर आलम र छिमेकी मियाको परिवारबिच कुटाकुट हुँदा दुवै तर्फका पाँचजना घाइते भएका हुन् । कचनकवल ५ नयाँहाट बस्तीमा वडा अध्यक्ष आलमको घरनजिक बस्ने रैमु मिया, उहाँका श्रीमती सैरा खातुन, कान्छा छोरा सैरु मिया, छोरीहरु रुक्सना खातुन, सन्जना खातुन र बेल्केसा खातुनले जेठो छोरा सेर आलम मियाकी श्रीमती मिराजनी निशालाई बिगत ७–८ बर्षदेखि घरेलु हिंसा गर्दैआएको भन्दै उजुरी गरेको बताइएको छ । 


टाउकोमा चोट लागेका घाइते वडा अध्यक्ष र उहाँका श्रीमतीको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom