Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चट्याङले खेतमा धान रोप्दै गरेका दुई जनाको ज्यान लियो , एक घाइते - Brightetr khabar


असार २६, बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् । राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर ज्यान गएको हो ।


इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन् ।


गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो । चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom