स्याङ्जा , साउन ६ गते । स्याङ्जामा करेन्ट लागेर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गएको छ ।
आइतबार दिउसो स्याङ्जा पुतली बजार नगरपालिका वडा नम्बर ५ चौर बस्ने ३१ वर्षीय सुशीला कार्कीको ज्यान गएको हो ।
आफूले पालेको बोईलर कुखुराको फार्म सफा गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी सुशीलाको उपचारको क्रममा ज्यान गएको हो ।
उपचारको लागि स्याङ्जा जिल्ला अस्पताल लगिएकोमा केही समयपछि सुशीलालाई डाक्टरले मृत घोषणा गरेका थिए ।