Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङजामा बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते - Syangja Update


स्याङजा-  स्याङजामा बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आईतवार जिल्लाको भिरकोट नगरपालिका-४ दभुङ्ग ठाँटिबाट  वालिङ जाँदै गरेको ध १ ज २६ नम्वरको जिप दुर्घटनामा परेको हो ।


जीप सडकवाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चारै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो ।


घाइते भएका भिरकोट-४ का २८ बर्षीया धन बहादुर राना र ५१ बर्षका इन्द्र बहादुर थापाको अवस्था सामान्य रहेको र उपचारपछि दुवैजना घर फर्किएका छन् ।


चालक ३६ बर्षका चित्र बहादुर राना र ७२ बर्षकी शोभा थापालाई थप उपचारका लागि मणीपाल अस्पताल पोखरा पठाइएको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom