Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले घट्यो - Brighter khabar


साउन १७, नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।


जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ ।


मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom