Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध - Brighter khabar


साउन २३, सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण मौवाखोला-मुग्लीन सडक खण्डमा पर्ने चितवनको ईच्छाकामना गाउँपालिकाको नाग्दी खोलामा पहिरो खसेको छ ।


पहिरोका कारण पृथ्वी राजमार्ग दुवैतर्फी बन्द भएको छ । पहिरो निकै ठुलो भएकोले खुलाउन केही समय लाग्ने प्रहरी चौकी कुरिनटारले जनाइएको छ ।


सडक अवरुद्ध हुँदा राजधानी प्रवेशका लागी आएका र राजधानीबाट तराईका जिल्ला प्रवेशका लागी गएका सयौँ सवारीका साधनहरू बाटोमा नै रोकिएका छन् ।


पहिरो खुलाउन करिब चार घण्टा भन्दा धेरै समय लाग्ने मुग्लिन प्रहरीले जनाएको छ । पहिरो पन्छाई सवारी सुचारु गराउन पहल भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom