Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मामाघर गएकी नाबालिकालाई अपहरण गरेर बन्दक बनाउने ३ जना पक्राउ -Brighter khabar

 


साउन १७, नबालिका अपहरण गरेर बन्धक बनाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी दुहबी नगरपालिका स्थित मामा घरको आँगनमा खेली रहेकी ६ वर्षीय बालिकालाई अपहरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो  । 

मोरङ विराटनगर म.न.पा. वडा न. ६ रामपुर बस्ने ५० वर्षीय  सञ्जय पासवान,  कटहरी गा.पा. वडा न. ६ घर भई हाल विराटनगर म.न.पा. वडा न. १० मा डेरा गरी बस्ने ५० वर्षीय  कलानन्द पासवान र सोही स्थान  बस्ने ४० वर्षीय  सरिता पासवानलाई प्रहरीले पक्राउ गरेको हो । 

सञ्जय पासवानले निज बालिकालाई कोही कसैलाई नसोधी, मन्जुरी नलिई उठाई लिई गएको हुँदा निजको खोज तलास गरी पाउँ भनी आफन्तले प्रहरीकोमा निवेदन दिएका थिए । 

बालीकाको ठुलीआमा वैदेशिक रोजगारीको लागि विदेश जाने भनी काठमाडौँ गएको र सञ्जय पासवानले निज बालिकाको मामालाई फोन गरी " तेरो भान्जी मेरो कब्जामा छ, तेरो दिदिलाई (वैदेशिक रोजगारको लागी काठमाडौँ गएको) बोला अनि मात्र म बच्चालाई लिएर आउँछु, होइन भने अरूलाई दिन्छु" भन्ने धम्की समेत दिएर बालिका अपहरण गरिएको खबर प्रहरीले प्राप्त गरेको  थियो  । 

बुधवार  बिहानको करिब  ०६:१५ बजेको समयमा मोरङ विराटनगर म.न.पा. वडा न. १० कलानन्द पासवान र सरिता पासवानको डेरा कोठामा शङ्का लागी चेक जाँच गर्दा निज बालिकालाई बन्धक बनाई राखेको अवस्थामा फेला पारी उद्धार समेत गरिएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom