Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

१५ वर्षीया विद्यार्थीको आत्महत्या दुरुत्साहनमा शिक्षक पक्राउ - Brighter Khabar


भदौ ३ गते । सुनकोसी गाउँपालिका–२ ठोकर्पाको १५ वर्षीया बालिकाको आत्महत्या दुरुत्साहन मुद्दामा सोही गाउँका ‘मनोज’ भनिने निरन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 


प्रहरी प्रमुख सन्तोष खड्काले आरोपित निरन कार्कीलाई पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । निरन कार्कीले आफ्नै छात्रा सन्ध्या रोक्कालाई प्रेम जालमा पारेर मानसिक, शारीरिक यातना दिई सामाजिक सञ्जालबाट बदनाम गराएपछि  आत्महत्या गर्न बाध्य बनाएको वालिकाको दाजु दीपक रोक्काको आरोप छ । 


निरन ठोकर्पा माबिका अङ्ग्रेजी शिक्षक हुन भने रोक्का उनकै छात्रा हुन् । निरनले ‘मनोज कार्की’ नामक फेसबुक एकाउन्ट खोलेर सन्ध्याको चरित्रहत्या गर्ने विभिन्न आपराधिक कुरा पोस्ट गरेका थिए । 

Top Post Ad

post bottom ads

Ads Bottom