Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा होटेलबाटै लागू औषध कारोबार: भारी मात्राको लागू औषध सहित सञ्चालक र मेनेजर पक्राउ - Brighter khabar


पोखरा  । कास्की प्रहरीले पोखराबाट  लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.९ न्यूरोड स्थित होटेल दीप दर्शनमा अवैध रूपमा लागू औषधको कारोबार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।


होटेल सञ्चालक जिल्ला तनहुँ शुक्ल गण्डकी नगरपालिका वडा नं.८ स्थायी वतन भई पोखरा म.न.पा. वडा नं. ९ न्यूरोड बस्ने  ३७ वर्षीय  इन्दु देवी श्रेष्ठ र सोही होटेलका मेनेजरको स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं.३ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा बस्ने वर्ष २५ का मिलन पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले होटेलको कोठाभित्र लुकाई छिपाई राखेको भारी मात्रामा लागू औषध समेत बरामद गरेको छ । प्रहरीका अनुसार बरामद भएको लागू औषधको बजार मूल्य ५० लाख जति छ।

उनीहरूलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिन सात म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom