Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अविरल वर्षा सँगै गएको पहिरोले एक खोर बाख्रा बगायो - Brighter Khabar


साउन १९ गते । अविरल वर्षाको कारण  रुकुमपश्चिममा पहिरोले एक गोठ पुरिदा नौ बाख्रा मरेका छन् । 


गएराति मुसीकोट नगरपालिका–८ का लालजित बुढाको बाख्रा गोठ पहिरोले पुरिदा गोठमा रहेका नौ बाख्रा मरेको स्थानीयले जनाएका छन्  । 


गाउँमाथिको पहिरोका कारण यहाँको लसुनबारी र क्वाम्माखोला बस्ती उच्च जोखिममा रहेका छन् । लसुनबारी टोलका ३५ घर पहिरोको जोखिममा रहेका छन् भने १० परिवार विस्थापित भएका छन् । त्यसैगरी क्वाम्माखोलाका चार घरपरिवार विस्थापित भएका छन् । 


सोही वडाका वडा सदस्य हिमकुमार पाण्डेका अनुसार बाढी र पहिरोको कारण यस वडा क्षेत्रमा रहेका काठे पुल र ट्रस पुल जोखिममा रहेका छन् । 


पहिरोकै कारण सोही वडाको घट्टेखोला, तिर्सिङ, उधिनढुंगा लगायतका टोलमा समेत क्षति गरेको छ । यहाँका सात घरमा पहिरोले क्षति गरेको छ। यसका साथै खोलामा आएको बाढीले खेतीयोग्य जमिन चिरा पारेको छ भने धान खेतीमा क्षति गरेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom