Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज बिहानैदेखि अवरुद्ध भएको मुग्लिन–आँबुखैरेनी खण्ड सुचारु - Brighter Khabar


भदौ १० गते । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडक खण्ड सुचारु गरिएको छ । आबुखैरेनी –२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको बस निकाल्न बिहान ७ः४५ बजेबाट बन्द गरिएको सडक आठ घण्टापछि सुचारु गरिएको हो ।


पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरप्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुबाहक बस मस्र्याङदी नदीबाट निकाल्न यातयात बन्द गरिएको थियो ।


बस निकालेपछि दिउँसो सवा ३ बजेबाट यातयात सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । उक्त दुर्घटनाग्रस्त सवारीसाधन निकाल्नका लागि ठुला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधनहरु पूर्णरुपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।  


ऐनापहरा भारतीय पर्यटक रहेको बस मस्र्याङदीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका थिए । राजमार्ग अबरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । विहानको समयमा सवारी चाप कम हुने भएकाले यातायात अबरुद्धगरी बस निकाल्ने काम गरिएको जनाइएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom