Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरो पन्छाउने क्रममा माथिबाट आएको पहिरोले लाग्दा लोडर चालक घाइते - Brighter khabar


साउन २३ गते । पहिरो पन्छाउने क्रममा माथिबाट आएको पहिरोले लाग्दा लोडर चालक घाइते भएका छन् ।


चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक गल्छी गाउँपालिका ६ बस्ने ४६ वर्षीय लीलाधर अधिकारी घाइते हुनुभएको हो ।


पृथ्वी राजमार्गमा नाग्दी खोलमा बिहान करिब ७ः४० बजे गएको पहिरो हटाउने क्रममा ९ः३० बजेको समयमा माथिबाट आएको ढुङ्गाले लागेर अधिकारी घाइते हुनुभएको चितवन प्रहरीले जानकारी दिएको छ ।


उहाँको देब्रे हातमा चोट लागेको छ । घाइते अधिकारीको भरतपुर अस्पतालमा उपचार भइराखेको छ । ठुलो सुख्खा पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । अहिले एउटा स्काभेटर र एउटा लोडरले पहिरो पन्छाउने काम गरिहेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom