Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

२१ किलो लागु औषधसहित दुई जना पक्राउ - Brighter khabar


भदौ १३, धादिङको गजुरी गाउँपालिकास्थित गजुरी बजार नजिकैबाट प्रहरीले २१ किलो लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नम्वर-८ पाखुरे निवारी ४३ वर्षीय भक्तबहादुर तामाङ र २७ वर्षीय रमेश तामाङ रहेका छन् ।


ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गजुरी बजारबाट बुटवलतर्फ जान लागेको गाडिबाट उनीहरुलाई पक्राउ गरेको हो ।


ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार उनीहरुको जिल्ला अदालत धादिङबाट ७ दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom