Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अटोलाई खोलाले बगाउँदा दुई जना बेपत्ता - Brighter khabar


साउन १९, दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ । शुक्रबार साँझ ७:३० बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ  ।


तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो । अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेका छन् ।


घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom