Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

धानखेतमा एक पुरुषको शव घोप्टो परेको अवस्थामा फेला - Brighter khabar


साउन २२, सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ वरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ ।


राजविराज–कुनौली सडकको छेउमा धानखेतमा सिरहाको लहानका ४५ वर्षिय पवनकुमार कर्णको शव घोप्टो परेको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।


सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको बताउनुभयो । कर्ण घटनास्थलनजिकै रहेको इँटाभट्टामा मुन्सीको रूपमा काम गर्दै आइरहेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom