Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

केही दिनदेखि गेस्ट हाउसमा बस्दै आएको महिला र पुरुषको एक जोडी मृत फेला - Brighter Khabar

फाइल तस्विर 


साउन १८ गते काठमाडौँ । साउन १५ गतेदेखि गेस्ट हाउसमा कोठा लिएर  बस्दै आएका एक महिला र एक पुरुष कोठाभित्रै मृत भेटिएका छन् ।

काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गस्थित एक गेस्टहाउसमा बसेका महिला र पुरुष  मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी अन्दाजी १९-२० वर्षीय करिश्मा सार्की मृत अवस्थामा फेला परेका हुन् । 

साउन १५ गतेदेखि उक्त गेस्ट हाउसमा बस्दै उनीहरू आज मृत भेटिएका हुन् । आज दिउँसो १२ बजेसम्म खाना खानका लागि नआएपछि बोलाउन जाँदा उनीहरूले ढोका नखोलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले गेस्टहाउसको ढोका खोली हेर्दा महिला घाटी काटिएको र पुरुष पङ्खामा डोरीले पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र घटना सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom