Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो - Brighter khabar


साउन २३ गते । पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भर्टमा बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।


मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएको ४१ वर्षीया उमा चापागाईंको उपचारका क्रममा मङ्गलबार बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।


कनकाई १ जुकेकल्भर्टमा बाटो काटनेक्रममा गत बिहीबार को ३८ प ५३६८ नम्बरको मोटरसाइकले ठक्कर दिँदा चापागाई घाइते हुनुभएको थियो ।


घाइते चापागाईको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मङ्गलबार दिउँसो निधन भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom