Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्रोत नखुलेको २४ लाख रूपैयाँ सहित ५ जना पक्राउ - Brighter khabar


साउन २४, नेपालगंज उपमहानगरपालिका-२० राँझा एयरपोर्टबाट स्रोत नखुलेको २४ लाख रूपैयाँ सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ४६ वर्षीय बिमल गुप्ता र ३९ वर्षीय पंकज जैसवाल रहेका छन् ।


राँझा एयरपोर्टबाट काठमाडौं जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom