Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल चोरीमा संलग्न तीन जना प्रहरीको नियन्त्रणमा - Brighter khabar


साउन २५, मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

 ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारबाट झापाको कमल गाउँपालिका ३ घर भई हाल काठमाडौंको सितापाईला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नविन भट्टराईलाई ललितपुरको बालकुमारीबाट र मकवानपुरको बागमती गाउँपालिका ३ घर भएका २१ वर्षीय प्रेम बहादुर पाख्रिनलाई भक्तपुरको कौशलटारबाट  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पाख्रिनलाई भक्तपुरको कौशलटारबाट बागमती प्रदेश ०२-०४९ प ०२ ०९ नम्बरको KTM Duke मोटरसाकल र लक तोड्न प्रयोग हुने औजार सहित प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा फेला परेको प्रदेश २ -०२-०२७ प ४३ २३ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल सहित भट्टराई र राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom