Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खोला तर्न खोज्दा चिप्लिएर लडेका ५५ वर्षीय पुरुष बेपत्ता - Brighter khabar


साउन १९ गते । रुकुमपश्चिममा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका –७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढा झुल्खेतको चुनाखोलाले बगाउँदा बेपत्ता हुनुभएको हो । 


जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज दिउँसो बुढालाई खोलाले बगाएको हो । घरबाट गोठतर्फ जानेक्रममा खोला तर्न खोज्दा चिप्लिएर लडेका बुढालाई खोलाले बगाएको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । 


बुढालाई खोलाले बगाएको सूचना पश्चात झुल्खेत, सोलाबाङ क्षेत्रमा प्रहरी परिचालन गरेर खोजी कार्य जारी राखेको बताइएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom