Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गयो - Brighter Network


स्याङ्जा - आइतबार स्याङ्जामा भएको  ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ ।  स्याङ्जा चापाकोट नगरपालिका वडा नं. १० बायो डाँडा स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा  परेर घाइते भएका चालकको  उपचारको क्रममा  मृत्यु भएको भएको  हो ।

लु.४ त. २२१ नम्बरको ट्याक्टर अचानक सडकको कुना भित्तामा ठोक्किँदा उक्त ट्याक्टर चालक जिल्ला पाल्पा रामपुर नगरपालिका वडा नं. -०४ देबिस्थान घर भई हाल जिल्ला स्याङ्जा चापाकोट नगरपालिका वडा नं.-१० बस्दै आएका वर्ष २८ को महेन्द्र दमाईको ज्यान गएको हो ।

 ट्याक्टर  बारी कुनाबाट माटो लिई चापाकोट तर्फ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो  । घाइते भई उपचारको लागि चापाकोट अस्पताल लगेकोमा चलाकलाई  डाक्टरले केही समयमै मृत घोषणा गरेका थिए  । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom