Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरबाट दूध लिन निस्केकी महिलाको जुधिरहेका छाडा साँढेको आक्रमणबाट ज्यान गयो - Brighter Network

 

साउन २६ । सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणबाट बुटवलमा एक महिलाको मृत्यु भएको छ । 


छाडा साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।


इलाका प्रहरी कार्यालय बुटवलका अनुसार साउन २० गते डेरीमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी थिइन् ।  दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिँडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भएकी थिइन् । 


गुल्मीको रेसुंगा नगरपालिका-४ घर भएकी सीताले बुटवल उपमहानगरपालिका–३ पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।

Top Post Ad

post bottom ads

Ads Bottom