Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

 यात्रुवाहक हाइस पल्टिदा ६ जना यात्रु घाइते - Brighter Network 


भदौ ३ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा सोमबार बिहान इलेक्ट्रिक हाइस पल्टिँदा ६ जना यात्रु घाइते भएका छन् । 


काठमाडौँबाट सर्लाहीको गोडैतातर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००६६ नम्बरको हायस अनियन्त्रित भई बाँके जङ्गलस्थित अमुवा पुल नजिकै दुर्घटनामा परेको हो । 


हायस दाहिने साइडमा गएर पल्टँदा गाडीमा सवार यात्रु गोडैता नगरपालिका–९, बकैनियाका २७ वर्षीय सरोजकुमार चौधरी, २४ वर्षीय सुशील कुमार चौधरी, २३ वर्षीय चुनचुन महतो, २६ वर्षीय रामजी पासवान, १९ वर्षीय सुमन महतो र गोडैता नगरपालिका–२, जयनगरका २७ वर्षीय नवीन महतो घाइते भएका प्रहरीले जनाएको छ । 


घाइतेमध्ये पाँच जना मोडेल अस्पताल लालबन्दीमा उपचारपछि डिस्चार्ज भइसकेका र छाती र बाँखा खुट्टामा चोट लागेर घाइते गोडैता नगरपालिका–२, जयपुरका २७ वर्षीय सरोजकुमार चौधरीको लालबन्दीमा नै उपचार चलिरहेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 


दुर्घटनापछि हाइस चालक प्रहरी नियन्त्रणमा रहेका छन् । हायस घटनास्थलबाट प्रहरी चौकी फूलजोरमा ल्याइ राखिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom