Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि भागेका श्रीमानलाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए - Brighter Network


साउन ३२ गते । देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका –९ स्याले निवासी चक्रबहादुर (श्यामकुमार) कुमालको कुटपिटबाट उनका श्रीमती अन्दाजी ४० वर्षीया ईश्वरी कुमालको मृत्यु भएको हो । 


कुटपिटबाट मृत्यु भएका ईश्वरीलाई छोडेर श्यामकुमार भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । मृतकका श्रीमान श्यामकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।


स्थानीयका अनुसार कुमाल दम्पती दैनिक मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने गर्दथे । अहिले ईश्वरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । उहाँका तीन छोरी एक छोरा छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom