Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामाजिक सञ्जालहरूको सञ्चालन, प्रयोग र नियमन गर्ने कानुन बनाइने - Brighter Network


भदौ ८ गते । सामाजिक सञ्जालहरूको सञ्चालन, प्रयोग र नियमन गर्ने कानुन तयार भनेको छ । डिजिटल अर्थतन्त्रले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ३ प्रतिशत योगदान गर्ने गरी सरकारले काम गरिरहेको  संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

अब चाँडै अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति लिएर संसद्मा पेस गरिने बताउँदै उनले  यसै वर्ष कानुन निर्माणसम्बन्धी काम पूरा हुने बताए  । 

मन्त्री गुरुङले शक्रबार राजधानीमा गुरुङ सम्पदा पदमार्गको शुभारम्भ तथा नक्सा सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । 

मुलुकमा साइबर सुरक्षासम्बन्धी ठुल्ठूला समस्या रहेको बताउँदै उनले सूचना प्रविधि कानुनसँग ‘मर्ज’ गरेर साइबर सुरक्षासम्बन्धी कानुन ल्याउन लागिएको जानकारी दिए ।  


नियमन गर्न नसक्दा दूरसञ्चार प्राधिकरणमा भद्रगोल र अराजकता भएको भन्दै  टेलिकम सेवाप्रदायक संस्थाहरू दुषित प्रतिस्पर्धा गरेको बताए । ''अलिकति तलमाथि प¥यो भने मुद्दा हालिहाल्छन्, काम गर्नै दिँदैनन् । १५२ वटा टावर बनाउन बोलपत्र आह्वान गरिएकोमा मुद्दा हालेर त्यो बन्न दिएनन् ।” उनले भने । 

Top Post Ad

post bottom ads

Ads Bottom