Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुनकोसी नदीमा हाइलक्स गाडी खस्दा ३ जना बेपत्ता - Brighter Network


भदौ ९, विपि राजमार्ग अन्तरगत पर्ने सुनकोसी नदीमा हाइलक्स गाडी खस्दा ३ जना बेपत्ता भएका छ्न ।


सिन्धुलीको गोलन्जोर गाउपालिका १ कुडुलेबाट सुनकोसी नदिमा हाइलक्स गाडी खस्दा चालक सहित ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।


गाडीमा खस्दा भक्तपुर सुर्यबिनायक नगरपालिका जगाती बस्ने ३२ बर्सिय अबिन बके, ३० बर्सिय प्रनित स्यागु र ३७ बर्सिय बलराम घटुवा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । खोटाङ हलेसीबाट मध्यपहाडी राजमार्ग हुँदै भक्तपुरतर्फ आउदै गरेको सवारी नम्बर नखुलेको गाडी सुनकोसी नदिमा खसेको उहाँले जानकारी दिनुभयो ।


उहाका अनुसार सोही गाडिमा सवारमध्ये भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिकास्थित जगाती बस्ने बर्ष २७ का शुशान्त कक्षपति प्रहरीको सम्पर्कमा आएका छ्न । शुशान्तको अबस्था मध्यम रहेको छ । बेपत्ताको खोजी गर्न नेपाल प्रहरी शसस्त्र प्रहरी घट्नास्थल गएको र गाडी खसेको स्थान अनुमान भएको र त्यसतर्फ खोजी सुरु भएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom