Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बोलेरो जिप दुर्घटनामा दुई जना घाइते - Brighter Network


भदौ ५ गते। दार्चुलामा बोलेरो जिप दुर्घटना भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ धौकोट सडकमा बुधबार दिउँसो करिब साढे २ बजे तिर जिप पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।


दुर्घटनामा परेको म १ ज २३९ नम्बरको बोलेरो जिपमा ६ जना यात्रु सवार थिए। प्रहरीका अनुसार चालक सुरेशसिंह धामीले चलाएको उक्त जिपमा सवार छ जना यात्रुमध्ये दुई जना घाइते छन्।


घाइते हुनेमा महाकाली नगरपालिका वडा नम्बर ८ घौकोट बस्ने ६८ वर्षीया कुडा देवी रैखोला र सोही ठाउँका ५० वर्षीय कम्मानसिंह भाट हुनुहुन्छ। रैखोलाको कम्मरमा सामान्य चोट र भाटको बायाँ खुट्टामा सामान्य चोट लागेको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।  

Top Post Ad

post bottom ads

Ads Bottom