Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नारायणी नदी किनारमा एक महिलाको शव फेला, सनाखत हुन बाँकी - Brighter Network


भदौ १५, पूर्वी नवलपरासीको देवचुली स्थित नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । देवचुली नगरपालिका–१ मेगापार्क स्थित नारायणी नदी किनारमा अन्दाजी ३०/३५ वर्षीय महिलाको बेवारिसे शव फेला परेको हो ।


आज दिउसो नदी किनारमा महिलाको शव भेटिएको स्थानीले खबर गरे पछि प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए ।


मोटो शरीर ,मंगोलियन अनुहारको जस्तो देखिने महिलाको शवको अहिले सम्म सनाखत नभएकाको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए ।

Top Post Ad

post bottom ads

Ads Bottom