Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टिकटक खुलाउने सरकारको निर्णय - Brighter Network


भदौ ६,  सरकारले भिडियो सेयरिङ प्ल्याटफर्म टिकटक खुलाउने निर्णय गरेको छ।


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो।


शर्तसहित टिकटक खोल्न दिने नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय भएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले  जानकारी दिनुभयो ।


यसअघि, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom