Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बागमती नदीले सतर्कता तह पार गर्यो - Brighter Network


भदौ १० गते । बागमती नदीले सतर्कता तह पार गरेको छ । अहिले दिउँसो २ः४५ बजेको समयमा काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा  गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको हो । 


जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ ।


महाशाखाले बुढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्नसक्ने चेतावनी दिएको छ ।साथै मेलम्ची, इन्द्रावती, र अन्य साना नदीमा जल सतह बढ्न सक्ने तथा भिरालो क्षेत्रमा पहिरो आउनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom