Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्राफिक चेकिङगको क्रममा लागूऔषधसहित दुई जना पक्राउ - Brighter Network

 

साउन ३२ गते । महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले प्रतिबन्धित लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।


शुक्रबार बिहान बर्दिबास नगरपालिकाको वडानं. ३ पाटुमा चेकजाँच गरिरहेको समयमा नाइट्रोभेट तथा कोरेक्ससहित भक्तपुर चाँगुनारायण न.पा.१ दुवाकोट बस्ने किसन श्रेष्ठ र विकास वाईवालाई पक्राउ गरेको हो ।


प्रहरीले बागमती प्रदेश ०२–०२५प६४६७ नम्बरको मोटरसाइकल चढेर बर्दिबासबाट काठमाडौँतर्फ गइरहेको दुवै जनालाई चेकजाँचका क्रममा झोलाभित्र कपडा र टेपले बेरी राखेको नाइट्रोभेट–१० लेखिएको १४७३ पिस टयाबलेट, कोरेक्स एक बोतलसहित दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


प्रहरी कार्यालय बर्दिबासबाट ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङगको क्रममा दुवैलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom