Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते - Brighter Network

तस्बिर : गोरखापत्र

भदौ ३ गते । मोरङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । मोरङको कानेपोखरी –७ का ३३ वर्षीय हिराधन तामाङले खुकुर प्रहार गर्दा ३० वर्षीया श्रीतमी कविता घाइते भएको खबर छ ।


अस्थायी प्रहरी चौकी कानेपोखरीका प्रहरी सहायक निरीक्षक राजेशकुमार श्रेष्ठका अनुसार आइतबार राती १० बजे हिराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई मार्ने उद्देश्यले खुकुरी प्रहार गरेका थिए ।


खुकुरी प्रहारबाट कविताका दुबै हातका हत्केलामा गहिरो चोट लागेको छ । कविताका हाल विराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कविताले खुकुरी रोक्ने क्रममा हातमा गहिरो चोट लागेको इन्चार्ज श्रेष्ठको भनाइ छ ।


छिमेकीहरूका अनुसार झण्डै ११ वर्ष मलेशिया बसेर ६ महिना अघि घर फर्केका तामाङ दम्पत्तिबिच यस अघि पनि सामान्य झगडा भइरहन्थ्यो ।

Top Post Ad

post bottom ads

Ads Bottom