Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तनहुँको आँबुखैरेनीमा भएको सवारी दुर्घटनामा १३ जना घाइते - Brighter Network


साउन २६ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मिलन चोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

सडकमा  गुडिरहेको मिनिबस र माइक्रो बस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा १३ जना घाइते भएका हुन्  । 

लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ज ८२९४ नम्बरको विद्युतीय माइक्रो बस र दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनिबस अनियन्त्रित भई सडकमा पल्टिएका हुन् ।

घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको जिल्ला  प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

बिहानदेखि मसिनो पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom