Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नुहाउने क्रममा डुबेका किशोरको शव ३० मिटर गहिराइबाट निकालियो - Brighter Network


भदौ ८ गते। सर्लाहीको ईश्वरपुर नगरपालिका–५, सखुवनीमा शनिबार क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएका किशोरको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले निकालेको छ। 


फुटबल खेल खेल्न साथीसँगै आएका ईश्वरपुर नगरपालिका–४, सागरनाथका १७ वर्षीय निशान थापा मगरको नुहाउनका लागि जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 


खाल्डो गहिरो भएकाले मृतक किशोरको शव निकाल्न गोताखोर टोली पुग्नु परेको थियो। 


बर्दीवासस्थित सशस्त्र प्रहरी बल नेपालको छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली आएर शव निकालेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज खनालले जानकारी दिनुभयो।  


मृतक किशोरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी गरिएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले झण्डै ३० मिटर गहिरो खाल्डोमा जमेको पानीबाट मृतक किशोरको शव निकालेको हो। 

Top Post Ad

post bottom ads

Ads Bottom