Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

छिमेकी महिलाको विभत्स हत्या गरेर आफन्तकोमा लुकेका एक पुरुष प्रहरीको नियन्त्रणमा - Brighter Network


भदौ ३ गते । म्याग्दीमा एक महिलाको विभत्स हत्या भएको छ । जिल्लाको मालिका गाउँपालिका–३ डाँडागाउँस्थित गलकोटमा स्थानीय ३५ वर्षीय दलविर श्रीपालीले धारिलो हतियार प्रहार गरी छिमेकी ४३ वर्षीया बिनाकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ  ।


प्रहरीका अनुसार आइतबार साँझ पौने ७ बजे दलबिरको हतियार प्रहारबाट गम्भीर बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ ।


प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि बेनी अस्पताल र फरार अभियुक्तलाई पक्राउ गरी बेनी ल्याएको छ ।


मृतक बिनाकुमारीको टाउको लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । हत्या गरेर फरार भएका अभियुक्त दलबिरलाई राती करिब पौने ११ बजे सोही वडाको खतेन गाउँमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


केही समय अघि मात्र उनिहरु बिच जग्गा किनबेचको विषयमा बिबाद भएको एक स्थानीयले जाकारी दिए  ।


Top Post Ad

post bottom ads

Ads Bottom